ज्ञानेन्द्र शाहीले पाए राप्रपामा जिम्मेवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

४ दिनअघि राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले राप्रपाको जिम्मेवारी पाएका छन् ।

उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् । फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाले पार्टीमा भित्र्याएको हो ।

  • ११ फाल्गुन २०७८, बुधबार १३:१४ प्रकाशित