सहिद स्मृति विद्यालयलाई नेपाली जनप्रगतिशिल मञ्च स्पेनको आर्थिक सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडा नं १४ मा रहेको उक्त विद्यालयलाई एक लाख ५० हजार नगद सहयोग गरेको हो । नेकपा माओवादी केन्द्रका युवा एव गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले विद्यालयका प्रधानाध्यापक मोना गिरीलाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेशका सांसद एवं कार्यक्रमका प्रमुख अतिथि दीपक कोइरालाले देशबाहिर भएर पनि सहिद स्मृति विद्यालयलाई सम्झेर आर्थिक सहयोग गरेकोमा जनप्रगतिशिल मञ्च स्पेनप्रति आभार प्रकट गरे ।

उनले आर्थिक सहयोगले विद्यालयमा जे आवश्यकता छ त्यसमै लगानी गर्न सहज हुने पनि जनाए । जनप्रगतिशिल मञ्चले गरेको सहयोगबाट अन्यदेशमा रहेका विभिन्न मञ्चहरुलाई पनि सहयोग गर्न उत्प्रेणा थप्ने विश्वास ब्यक्त गरे ।

जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले आफुहरुको सहयोग सहि ठाउँमा होस भन्ने उद्देश्यले सहिद स्मृति आवासीय विद्यालयमा आर्थिक सहयोग गरेको बताए । परिर्वतनको आन्दोलनमा सहिद भएकाको छोराछोरीले अध्ययन गर्ने विद्यालयमा आफुहरुको सहयोगले थोरै भएपनि राहत हुने विश्वास ब्यक्त गरे ।

  • ११ फाल्गुन २०७८, बुधबार १०:१९ प्रकाशित