धरौटीमा छुट्दै र्‍यापर लाउरेः कति तिर्दैछन् धरौटी ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

र्‍यापर आशिष राना (लाउरे)लाई धरौटीमा छाड्न आदेश दिएको छ । गत पुस १४ गते लागूऔषध मुद्दामा पक्राउ परेका लाउरेलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

 उनीसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतले जानकारी दिएको छ।

अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका–२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका–७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

लागूऔषध प्रयोग तथा कारोबार गरेको आरोपमा गत पुस १४ गते साँझ प्रहरीले लाउरेसहित चार जनालाई पोखराको सिर्जना चोकबाट पक्राउ गरेको थियो ।

  • १० फाल्गुन २०७८, मंगलवार १७:०१ प्रकाशित