पशुपतिमा गिद्धे आखाँ लगाउनेको कहिल्यै कल्याण हुदैँन,बतास समूह छिट्टै हट्छः मन्त्री आले

केन्द्रभाग मिडिया

काठमाडौं ।

पशुपति धर्मशालाबाट अब बतास समूह छिट्टै हट्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशालालाई सरकारको स्वामित्वमा ल्याउने बताए ।

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताए ।

उनले भने, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने कामहरु गरेका छन् । त्यो कतैपनि सह्य हुनेवाला छैन ।’

  • १० फाल्गुन २०७८, मंगलवार १६:१० प्रकाशित