मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो । प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक स्थगित गरिएको उनले बताए ।

  • १० फाल्गुन २०७८, मंगलवार १५:११ प्रकाशित