एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट दरपीठ भएको थियो ।

 

  • १० फाल्गुन २०७८, मंगलवार १३:३५ प्रकाशित