बागलुङमा सुख्खा पहिरो : एक जनाको निधन, थप विवरण आउन बाँकी

केन्द्रभाग मिडिया

Filephoto

बागलुङ ।
बागलुङमा सुख्खा पहिरोमा परि एक जनाको ज्यान गुमेको छ ।

बडिगाड गाउँपालिका गोसाङ भन्ने ठाउमा सुख्खा पहिरो एक जनाको ज्यान गुमेको र दुई जना घाइते भएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले केन्द्र खबरलाई जानकारी दिए ।

उनका अनुसार पहिरो स्थलमा सेना र प्रहरीको टोली पुगेर उद्धारमा खट्टिएको छ । ‘बडिगाडको गोसाङमा सुक्का पहिरोमा परेर एक जनाको ज्यान गुमेको र अरु दुई जना घाइते भन्ने खबर आउनासाथ प्रहरी र सेना पहिरो स्थल पुगेको छ । थप विवरण आउने क्रममा छ’ उनले भने ।

 

  • १० फाल्गुन २०७८, मंगलवार १२:५४ प्रकाशित