कल बाइपास गर्ने ३६ चिनियाँ काठमाडौंँबाट पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

कल बाइपास गरेको आरोपमा ३६ चिनियाँ पक्राउ परेका छन् ।
प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई गएराती पक्राउ गरेको हो।

केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।

पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ।

  • १० फाल्गुन २०७८, मंगलवार १०:४५ प्रकाशित