मधेस प्रदेशसभाको बैठक आज

केन्द्रभाग मिडिया

धनुषा ।

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दैँछ । बैठक आज दिउँसो २ बजे बस्ने बताइएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।

गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए ।

  • १० फाल्गुन २०७८, मंगलवार ०९:५५ प्रकाशित