पोखरामा भिषण असिनापानी, हिउँदे बालीमा व्यापक क्षेती (भडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
आज अपराह्न पोखरा र आसपासका क्षेत्रमा भिषणरुपमा असिना वर्षा भएको छ । असिनाले हिउँदे बालीमा व्यापक क्षेती पु¥याएको अनुमान गरिएको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए ।

उनले बेमौसमी तरकारी यसले ठूलो क्षेती पु¥याएको जानकारी दिए । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा हसिनाले व्यापक क्षेती पु¥याएको छ ।

यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसंग जानकारी नदिई यति नै क्षेति भयो भन्न सकिन्न । तर, व्यापक क्षेति पु¥याएको छ उनले भने ।

आलु, रायो लगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधन समेत चल्न नसक्ने अवस्था आएको देखिएको छ ।

पोखराको चिप्लेढुंगा, महेन्द्रपुल, सभागृह, मालेपाटन, गैह्रापाटन लगायतका क्षेत्रका सडकमा असिनाको खात परेको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार १५:०५ प्रकाशित