राष्ट्रिय सहमति नहुँदै एमसीसी कार्यसूचीमा समेटिनु दुखद् : देव गुरूङ

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राखिएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति नगरी एमसीसी कार्यसूचीमा समेटिएको भन्दै आपत्ति जनाए ।

एमसीसीलाई राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा पेश गर्नुपर्ने माओवादीको धारणा रहेको र कार्यव्यवस्था समितिमा समेत यही बताएको उनले प्रश्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले अवरोध गरिरहेको अवस्थामा कार्यसूचीमा समेट्नु गलत भएको गुरुङले बताए । आइतबारको बैठकमा समेत एमालेले अवरोध जारी राखेको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार १४:४९ प्रकाशित