गण्डकीमा सवारीचालक अनुमति पत्र लिन नयाँ निर्देशिका लागू : ७० अंक ल्याए पास, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा आइतबार देखि सुरु भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने नयाँ निर्देशिकामा व्यवस्था छ । यस अगाडि प्रयोगात्मक परीक्षामा सतप्रतिशत अंक ल्याउनपर्थ्यो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रयोगात्म परीक्षाको एक कार्यक्रमका बीच सुरुवात गरेका हुन् । उनले यातायात कार्यालयलाइ सेवाग्राही मैत्री बनाइछाड्ने प्रतिवद्धता गरे ।

कार्यालयका इन्जिनियर इश्वरमणी भण्डारीले नयाँ परिक्षा प्रणाली अनुसार उर्तिण प्रतिशत बढेर २० देखी २५ प्रतिशत पुग्ने अनुमान रहेको बताए । पुरानो प्रयोगात्मक परिक्षामा उतिर्ण हुने प्रतिशत ५ देखी १० प्रतिशत मात्र थियो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीलेका अनुसार निर्देशिका लागु भएसंगै यो महिनाको सुरु अर्थात १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ (संसोधनसहित) अनुरुप उत्तीर्ण हुनुपर्ने छ ।

कार्यविधिमा परीक्षार्थीहरुले उत्तीर्ण हुन लिखितमा ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्युनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने उल्लेख छ । मापदण्ड अनुरुपको पहिलो लिखित परीक्षा भने ६ फागुनबाट सुरु भइसकेको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार १३:२६ प्रकाशित