शनिबार थप ३५० जना संक्रमित, ४ संक्रमितको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालका कोरोना संक्रमण दर घट्दै गएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संक्रमण दर १. २ प्रतिशतमा झरेको छ ।

शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

७ हजार ९६ वटा नमुना परिक्षण गर्दा थप संक्रमित भेटिएका हुन् । यो अवधिमा थप ४ संक्रमितको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ छ ।

  • ७ फाल्गुन २०७८, शनिबार १८:०९ प्रकाशित