दुई सर्तसहित एमसीसी संसदमा टेबुल गर्न दिने एकीकृत समाजवादीको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई सर्तसहित एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय समाजवाीले गरेको छ । एमसीसी टेबुल गर्नको लागि सबैदल बीच सहमति जुट्नुपर्ने र संसदको अवरोध हट्नुपर्ने सर्त एकीकृत समाजवादीले अगाडि सारेको छ ।  एमालेले पछिल्ला दिनमा लगातार संसद् अवरुद्ध गरिरहेको छ ।

यसअघि नेकपा (एकीकृत समाजवादी)ले पनि एमसीसी संसद्मा टेबुल गर्न नदिने अडान लिएको थियो । हिजो बसेको गठबन्धनको बैठकमा अध्यक्ष माधव नेपालले एमसीसी संसद्मा टेबुल गर्न दिनेबारे लचकता अपनाएका थिए । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि विहान १० बजे गठबन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवा गठबन्धनमा सहमति कायम गरेर अघि बढ्न चाहन्छन् । तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भने अहिलेको अवस्थामा एमसीसी सदनमा टेबुल हुन नदिने पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बोलाईएको छ । सरकारले भोलि नै एमसीसी सदनमा टेबुल गर्ने तयारी गरेको छ ।

  • ७ फाल्गुन २०७८, शनिबार १६:५१ प्रकाशित