गठबन्धनमा भएकाहरु चुनावपछि टर्च बालेर खोज्नुपर्छ : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं  ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुलाई अबको चुनावपछि टर्च बालेर खोज्नुपर्ने बताएका छन् । आज सूर्यविनायक नगर अस्पताल उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् । ओलीले आगामी चुनावमा एमाले एक्लै लड्ने र चुनावबाट आउने परीणामले पाँच दलीय गठबन्धन पत्तासाफ हुने पनि दाबी गरे ।

उनले सम्बोधनको क्रममा भनेका छन–‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ । देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’

  • ७ फाल्गुन २०७८, शनिबार १५:३५ प्रकाशित