एमसीसीविरुद्ध राप्रपाको पोखरामा शक्ती प्रदर्शन

केन्द्रभाग मिडिया

पोखरा ।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पोखरामा -र्याली सहित शक्ती प्रदर्शन गरेको छ ।

पोखरा पृथ्वीचोकबाट सुरु भएको -र्याली बिपी चोक चिप्लेढुङगामा पुगी कोण सभामा सभामा परिणत भएको थियो । प्रजातन्तत्र दिवशको अवसरमा आयोजित सभालाई सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल, बरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु विक्रम पण्डे ,प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताले सभालाई सम्बोधन गर्ने छन् ।

बाजागाजा सहितको -र्यालीमा सहभागीले एमसिसिविरुद्ध प्रदर्शन समेत गरेको थिए । प्रजातन्त्र दिवश सफल पारौँ, प्रजातन्त्र दिवश युगौँयुगसम्म अम्मर रहोस्, राजा सहितको प्रजातन्त्र कायम गरौँ, हिन्दु अधिराज्इ कायम गरौँ, संघियता खारेज गरौँ, राष्ट्रघाती एमसीसी खारेज गरौँ लगायतका नारा लेखीएको व्यानर सहित राप्रपाले प्रदर्शन गरेको हो ।

  • ७ फाल्गुन २०७८, शनिबार १४:०० प्रकाशित