प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश भएको छ । सरकारका तर्फ कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा एमालेले नाराबाजी गर्दै संसद्‌मा विरोध गरेका थिए ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १४:२३ प्रकाशित