एमसीसी र गठबन्धनको कुनै साइनो छैन : काँग्रेस प्रवक्ता महत

केन्द्रभाग मिडिया

चितवन ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसीलाई गठबन्धनसँग जोड्न नहुने बताएका छन् ।

उनले एमसीसी र गठबन्धनबीच कुनै साइनो नभएको भन्दै गठबन्धन नतोडि एमसीसी पास गर्न आफुहरु प्रयासरत रहेको बताएका हुन् । एमसीसी संसदबाट पारित हुनुपर्नेमा काँग्रेस स्पष्ट रहेको भन्दै अन्य दलले पनि आफ्नो स्पष्ट धारणा राख्नुपर्ने उनले बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसीका कारण गठबन्धनमा समस्या आउन नदिन प्रयास भइरहेको भन्दैँ एमसीसीलाई गठबन्धनसँग जोडेर हेर्न नहुने बताए ।

‘एमसीसी संसदको विषय बनिसकेको छ । अब यसलाई टेबल गरौं । यदि कसैले एमसीसी चाहिदैन भन्छ भने संसदमै भनोस् । समर्थन गर्दै भने विपक्षमा उभियोस् । तर, संसदले एमसीसीबारे टुंगो चाहिँ दिनैपर्छ’, महतले भने ।

उनले गठबन्धनको निरन्तरको बैठक सहमतिकै लागि भइरहेको भन्दै एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि टुट्न नदिने विषय पहिलो प्राथमिकतामा रहेको बताए ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १३:४२ प्रकाशित