भारतमा बम काण्डका ३८ दोषीलाई फाँसीको फैसला

केन्द्रभाग मिडिया

एजेन्सी।
भारतको अहमदाबाद बम काण्डका दोषीहरुलाई फाँसीको सजाय सुनाइएको छ । सन् २००८ को अहमदाबादमा भएको बम बिष्फोटका घटनाहरुका दोषीमध्ये ३८ जनालाई त्यहाँको विशेष अदालतले फाँसीको सजाय सुनाएको हो ।

घटनाका ४९ मध्ये बाँकी ११ जनालाई आजीवन कारावासको सजाय सुनाइएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटनामा मृतकहरुलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ ।

फेब्रुअरी ८ को फेसलामा ७८ आरोपीमध्ये ७८ जनालाई दोषी ठहर गरिएको थियो । अहमदाबाद बमकाण्ड २६ जुलाई सन् २००८ मा भएको थियो । उक्त दिन २२ वटा बम बिष्फोटले फरक स्थानमा गराइएको थियो । घटनामा ५६ जनाको मृत्यु हुनाको साथै २ सयभन्दा बढी घाइते भएका थिए ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १३:०० प्रकाशित