प्रतिनिधिसभा बैठक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बस्न लागेको प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैँ छ ।

एमसीसीबारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ ।सो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैँ छ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन ।

एमसीसी टेबल गर्ने सन्दर्भमा सहमति खोज्न सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ ।

प्रतिनिधिसभा बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद बैठक भने दिउँसो १ बजे बस्नेछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ ।

  • ६ फाल्गुन २०७८, शुक्रबार ०९:०६ प्रकाशित