एमसीसी विरुद्ध शुक्रबार ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले देशव्यापी प्रर्दशन गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
एमसीसी विरुद्ध ६ वटा कम्युनिष्ट पार्टीहरु र दुई मोर्चाले भोली (शुक्रबार) देशव्यापीरुपमा बिरोध प्रदर्शन गर्ने भएका छ्न । आजै (बिहिबार) ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एक सयुंक्त प्रेस बिज्ञप्ति जारीगर्दै काठमाडौं लगायत देशभर बिरोध प्रदर्शन गर्ने जनाएका हुन् ।

ठूला राजनीतिक दलहरु एमसीसी परियोजना पासगर्न लागेको भन्दै उक्त योजनालाई विफल पार्न उनीहरुले कम्युनिष्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रबादीहरू, देशभक्तहरु र आम समुदायलाई संघर्षको कार्यक्रमलाई सहयोग गर्न अपिल गरेका छन ।

प्रेषित संयुक्त बिज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द‘विप्लब’, नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिह, नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन बैद्य ‘किरण’, नेकपा (माले)का महासचिव सिपि मैनाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटेल, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुती, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसी र नेकपा माओवादी केन्द्र (जनवादी)का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील) ले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन ।

  • ५ फाल्गुन २०७८, बिहीबार २१:०५ प्रकाशित