सत्तारुढ गठबन्धनको निर्णायक भनिएको बैठक सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

सत्तारुढ गठबन्धनको निर्णायक भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्‌बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा पेश गर्ने अडान लिएपछि अहिले पाँच दलीय गठबन्धन संकटमा छ ।

पाँच दलमध्ये कांग्रेस मात्रै एमसीसी संसदमा लैजाने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एमसीसी यथाअवस्थामा पारित गर्न नहुने पक्षमा छन् । त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा छ ।

  • ५ फाल्गुन २०७८, बिहीबार १७:४६ प्रकाशित