गण्डकी अपडेटः २ संक्रमितको मृत्यु, आज कति थपिए, कति निको भए ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १७ का ८८ वर्षीय संक्रमित पुरुष र तनहुँ जिल्ला व्यासनगरपालिका १२ की ७० वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

पोखराका संक्रमितको गण्डकी अस्पतालमा र तनहुँका संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५५ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।सोही समयमा १३६ जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १० जना,लमजुङका १, तनहुँका १, नवलपरासीका १ र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ६१९ पुगेको छ भने निको हुनेको संख्या ९९हजार २०० रहेको छ ।

हाल प्रदेशमा ८३४ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ८२२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६३ रहेको छ ।

  • ५ फाल्गुन २०७८, बिहीबार १६:१९ प्रकाशित