कांग्रेस गण्डकीमा कार्यसम्पादन समिति गठन, सभापतिमा पराजित जोशी पनि समितिमा (नामावलीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति कार्यसम्पादन समिति गठन गरेको छ । आज बसेको बैठकले कार्यसम्पादन समिति पनि गठन गरेको हो। जसमा सभापति शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रामचन्द्र जोशी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता मधु बास्तोला लगायत छन् ।

समितिमा अर्जुन जोशी, पूर्णबहादुर दाहाल, लक्ष्मी आचार्य, शान्तिरमण वाग्ले, अर्जुन शेरचन, शोभा अधिकारी, सरिता गुरुङ, सीता गुरुङ, प्रकाशचन्द्र दवाडी, सुरज गुरुङ, सीताकुमारी काफ्ले लामिछाने, सीता कुँवर, कविता तिवारी, योगेश गौचन, अजित क्षेत्री, अमृत नेपाली, विमला गौचन, छुपिमाया गुरुङ, ईन्द्रबहादुर महतो, माया राना, अशोक बस्ताकोटी, चिन्तबहादुर घले, ध्रुव शर्मा पँगेनी र पार्वती आचार्य छन् ।
बैठकले कोषाध्यक्ष सहित १३ सदस्य पनि मनोनीत गरेको छ। शर्माले बागलुङका वसन्तकुमार श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका छन्। । मनोनीत हुनेमा तनहुँका तारा श्रेष्ठ, गोरखाकी रविकला खनाल, म्याग्दीकी अमृता बानियाँ, पर्वतका रामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले छन् ।

त्यस्तै नवलपुरका द्रोणवन सन्यासी, कास्कीकी संज्ञा पोखरेल, तनहुँका अमृत विक, कास्कीका नारायण बराल, बागलुङकी शकुन्तला शर्मा, स्याङ्जाका ध्रुव शर्मा पँगेनी, कास्कीका देवेन्द्र केसी र मुस्ताङका योगेश गौचन थकाली सदस्य मनोनीत भएका छन्।

  • ५ फाल्गुन २०७८, बिहीबार १५:४१ प्रकाशित