कांग्रेस गण्डकी समितिमा कोषाध्यक्षसहित १३ सदस्य नियुक्त (नामावली सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति विस्तार भएको छ । प्रदेश सभापति शुक्रराज शर्माले कोषाध्यक्ष सहित १३ सदस्य मनोनीत गरेका हुन् । सभापति शुक्रराज शर्माले राखेको सदस्य मनोनयको प्रस्ताव समितिको बुधबारको बैठकले पारित गरेको कांग्रेस गण्डकीले जनाएको छ ।

शर्माले बागलुङका वसन्तकुमार श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका छन्। । मनोनीत हुनेमा तनहुँका तारा श्रेष्ठ, गोरखाकी रविकला खनाल, म्याग्दीकी अमृता बानियाँ, पर्वतका रामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले छन् ।

त्यस्तै नवलपुरका द्रोणवन सन्यासी, कास्कीकी संज्ञा पोखरेल, तनहुँका अमृत विक, कास्कीका नारायण बराल, बागलुङकी शकुन्तला शर्मा, स्याङ्जाका ध्रुव शर्मा पँगेनी, कास्कीका देवेन्द्र केसी र मुस्ताङका योगेश गौचन थकाली सदस्य मनोनीत भएका छन्।

  • ५ फाल्गुन २०७८, बिहीबार १५:२७ प्रकाशित