प्रधानमन्त्री देउवाले भने,‘एमसीसी पास फेल जे पनि हुनसक्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन ।’ उनले एमसीसी राष्ट्रको हितमा भएको जिकीरसमेत गरे ।

  • ५ फाल्गुन २०७८, बिहीबार १२:४४ प्रकाशित