संघीय सरकार अधिकार दिन हिचकिचायो : मुख्यमन्त्री पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वर्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन हिचकिचाएको बताए । पोखरेलले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पुरा गर्नका लागि प्रयाप्त अधिकार उपयोग गर्न नपाएको बताए ।

कतिपय संघीय कानुनहरु निर्माण नहुनुका साथै संविधान अनुसार नहुनुका प्रदेशको भूमिकामा अवरोधहरु सृजना भएका भएको पोखरेलले गुनासो गरे ।

मुख्यमन्त्री पोखरेलले सरकार स्थापना भएको छोटो अवधिमा ८७३ किलोमिटर सडक, ४७ मोटरेवल पुल, ८९ सडक पुल निर्माणधिन, ३२ झोलुङे पुल निर्माण सम्पन्न भएको र ३३ वटा आगामी वर्ष सम्पन्न हुने क्रममा रहेको जानकारी दिए ।

त्यस्तै मुस्ताङको कोरला देखी नवलपुरको त्रिवेणी जोड्ेने कोरला–त्रिवेणी सडकको स्तरोन्नती गर्ने र दुइ लेनको बनाउने कामको प्रारम्भ बताए । सबै घरमा विद्युत सुविधा र एक घर एक धारा कर्याक्रमलाई आगामी वर्ष पुरा गरिने उनले प्रतिवद्धता जनाए ।

 

  • ४ फाल्गुन २०७८, बुधबार १७:०५ प्रकाशित