गण्डकी अपडेटः ५५ जनामा संक्रमण,४६ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।सोही समयमा ४६ जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका २८ जना, म्याग्दीका ७, लमजुङका ६, तनहुँका ४, नवलपरासीका १, स्याङ्जाका ४, पर्वतका २ र बागलुङका ३ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ६१९ पुगेको छ भने निको हुनेको संख्या ९९हजार २०० रहेको छ ।

हाल प्रदेशमा ९५८ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ९३६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६१ रहेको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार १६:५६ प्रकाशित