एमसीसीबारे गठबन्धनको अन्तिम छलफल भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमसीसीबारे सत्तारुढ गठबन्धनले भोलि अन्तिम छलफल गर्ने भएका छन् । एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।

  • ४ फाल्गुन २०७८, बुधबार १५:२७ प्रकाशित