एसमसीसी शुक्रबार संसदमा टेबल हुन्छः कानूनमन्त्री बडू

केन्द्रभाग मिडिया

काठमाडौं ।

यही फागुन ६ गते शुक्रबार बस्ने संसद बैठकमा एमसीसी टेबल हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले दाबी गरेका छन् । आज(बुधबार)को प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।

‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने ।

एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उनको भनाइ छ ।

  • ४ फाल्गुन २०७८, बुधबार १५:२३ प्रकाशित