महावीर पुनलाई‘गण्डकी रत्न’बाट सम्मानित गर्दै गण्डकी सरकार

केन्द्रभाग मिडिया

पोखरा ।

महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ। हिजो (मंगलवार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिबाट सिफारिस भएको महावीर पुनको नाम अनुमोदन गरेको हो।

हिजोको सो निर्णय आज प्रदेश स्थापनाको चौँथो वार्षिकोत्सव समारोहमा प्रदेश सरकारले सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता कुमार खड्काले म्याग्दीका पुनलाई गण्डकी रन्तबाट सम्मानित गर्ने बताएका हुन्।

प्रत्येक वर्ष तीन जनालाई सम्मान गर्ने भनिएपनि शुरुको वर्ष एक जनालाई मात्र सम्मान गर्ने निर्णय बैठकले गरेको थियो।गण्डकी रत्नका लागि ८ जनाले आवेदन दिएका थिए । आन्तरिक मामिला मन्त्रालयले १५ दिने सूचना जारी गर्दै आवेदन मागेको थियो।

गत पुष २६ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धि कार्यविधि २०७८’ स्वीकृत गरेको थियो। जस अन्तर्गत प्रत्येक वर्ष तीन जनालाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने योजना प्रदेश सरकारको थियो।

  • ४ फाल्गुन २०७८, बुधबार १४:५२ प्रकाशित