ठगी आरोपमा अधिवक्ता कमल अर्याल पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

ठगी आरोपमा अधिवक्ता कमल अर्याल पक्राउ परेका छन् । अर्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाएका छन् ।

कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अर्याललाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जानकारी तिवारीले दिए ।

अर्यालले आफूलाई ठगी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट अनुमति लिई पक्राउ गरेको हो ।

  • ४ फाल्गुन २०७८, बुधबार १०:०३ प्रकाशित