मन्त्री आलेसंग अश्लिल शब्द प्रयोग गरी आपत्तिजनक कुराकानी भएको अडियो सार्वजनिक (अडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसंग एक व्यक्तीले गरेको कुराकानीको अडियो सार्वजनिक भए पछि सामाजिक संचालमा तिव्र प्रतिक्रिया आउन थालेका छन् ।

आफूलाई सामाजिक संजालमा नकारात्मक कमेन्ट गरेको भन्दै मन्त्री आलेले भारतमा बस्ने एक नेपालीसंग बाझाबाझ गरेको अडियो सार्वजनिक भएको छ । मन्त्री आलेलाई बदनाम गराउने तयारी सहित ती युवाले मन्त्रीलाई उत्तेजीत पार्ने प्रयास गरेका छन् । भने, मन्त्री आलेले पनि अिश्लिल शब्द प्रयोग गदै भनाभन गरेका छन् ।

मन्त्री आलेलाई बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले प्रतिक्रिया दिएका छन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले माग गरेका छन् ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको सचिवालायले जनाएको छ ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ।

यस्तो छ अडियो

  • ३ फाल्गुन २०७८, मंगलवार १०:१० प्रकाशित