अमेरिकाले एमसीसीको डेडलाइन सम्झाउँदै नेपाललाई फेरि दियो यस्तो चेतावनी!

केन्द्रभाग मिडिया

एमसीसीको डेडलाइन सम्झाउँदै अमेरिकाले नेपाललाई फेरि चेतावनी दिएको छ।

संयुक्त राज्य अमेरिकाले एमसीसीसंगको सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए अमेरिका—नेपाल सम्बन्ध प्रभावित हुने चेतावनी पुनः दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले फेरि डेडलाइन सम्झाउँदै चेतावनी दिएका हुन्। उनले चीनको नाम नलिएपनि चीनको चलखेलमा नेपालको संसदबाट एमसीसी अनुमोदन हुन ढिलाई भइरहेको संकेत गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै दिएको समयमै नेपालले एमसीसी पास नगरे अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने भन्दै चेतावनी दिएका छन् ।

‘एमसीसी सहयोग परियोजना संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम निर्णयको कुरा हो। तर यसले द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव पर्नेछ,’ उनले भनेका छन् ।

उनले फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदन गर्न नेपाललाई पत्रमार्फत अमेरिकाले आग्रह गरिसकेको पनि बताए।अमेरिकाको बारम्बारको ताकेताले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबल गर्नका लागि कसरत गरिरहेका छन् ।

सत्तागठबन्धनमा एमसीसीका लागि तगाँरो बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि एमसीसी पासका लागि सहमत भएको समाचारहरु बाहिरिरहेका छन् ।

प्रचण्ड र माधव नेपाल सहमत भए भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुनेछ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि हिजो एक कार्यक्रममा बोल्दै अब एमसीसी संसदमा टेबल हुनबाट कसैले नरोक्ने बताएका थिए ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने चुनावको मुखमा एमसीसी बोकेर अघि बढ्न नसकिने बताएको छ।

  • ३ फाल्गुन २०७८, मंगलवार ०९:५२ प्रकाशित