आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार आज मंगलबार अमेरिकी डलर बढेर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा पुगेको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको थियो ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार ०९:१२ प्रकाशित