साविक माझठाना गाविस-६ मा कांग्रेसको टोल समिटि गठन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा २८ को साविक माझठाना गाविस– ६ मा नेपाली काङ्ग्रेस टोल समिति गठन भएको छ । टिकाराम लामिछानेको सभापतित्वमा २७ सदस्यीय समिति गठन भएको हो ।

टोल–टोलमा समिति गठन गर्न कास्की जिल्लामा कांग्रेसले अभियान चलाएको छ । टोल समिटि गठन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्याता रहेको थियो । सो अवसरमा बोल्दै बरलले स्थानीय तहको निर्वाचनमा कांग्रेसले जित्ने गरि संगठन निर्माणमा जुट्न आग्ह गरे ।

पूर्वमन्त्री यज्ञ बहादुर थापाले तल्लो तहमा निर्माण हुने कमिटिले घरघरमा पुगेको मतदातालाई कांग्रेसको पक्षमा मतदान गर्न संझाउनुपर्ने बताए । सो कार्यक्रममा अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा कास्की जिल्ला पूर्वसभापति कृष्ण केशी, प्रदेश महाधिवेशन प्रतिनिधि,श्रीकृष्ण लामिछाने, डाल्डा देवि भुजेल, कृर्तिवल्लभ त्रिपाठी, विश्वरमणी अधिकारी जीवन तिवारी लगायतले बोलेका थिए ।

  • २ फाल्गुन २०७८, सोमबार १८:१५ प्रकाशित