कास्कीमा थपिए ५७ हजार बढी मतदाताः कुन गाउँपालिका कति थपिए(सूचीसहित)

केन्द्रभाग मिडिया

कास्की ।

कास्कीमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् ।

२०७४ को स्थानीय निर्वाचनपछि पछिल्लो साढे चार वर्षमा गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ। २०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका थिए ।

योसँगै कास्कीमा मतदाता संख्या दुई लाख ८१ हजार ९४० पुगेको छ,। सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।

यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

मतदाता संख्या हेर्न यहाँ क्लिक गर्नुहोस्

  • २ फाल्गुन २०७८, सोमबार १६:२१ प्रकाशित