कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।बैठक भोलि मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएसँगै आफ्नो धारणा बनाउनको लागि एमालेको संसदीय बैठक अहिले बसिरहेको छ ।

  • २ फाल्गुन २०७८, सोमबार १३:३६ प्रकाशित