यी चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँदै एमाले !

केन्द्रभाग मिडिया

काठमाडौं ।

आफुहरुलाई सुईको नै नदिई सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाएपछि नेकपा एमालेले पनि चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमाले स्रोतले बताएको छ।

  • २ फाल्गुन २०७८, सोमबार ०९:४५ प्रकाशित