एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजका लागि बोलाइएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ ।

नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ ।

  • २ फाल्गुन २०७८, सोमबार ०९:१६ प्रकाशित