पोखराको पहिलो आकाशे पुलकाे उद्याटन

केन्द्रभाग मिडिया

पोखरा।
पर्यटकीय नगरी पोखराको मुख्य चोक सिर्जना चोकमा निर्माण भएको आकाशे पुलको पोखरा महानगरपालिकाका मेयार मानबहादुर जिसीले उद्याटन गरेका छन् ।

पुल संचालनमा आएको ७ महिना पछि महानगरपालिकाले जुराएको साइतमा मेयर जिसीले आइतबार उद्याटन गरे । अस्वस्थ रहेका मेयर लौरी टेकेर भए पनि पुल उद्याटन गर्न पुगेका थिए । धोजापतका र बक्तीले झिलिमिली पारिएको पुललाई साझँ ६ बजे उद्याटन गरिएको थियो । यो पोखराको पहिलो आकाशे पुल हो ।

कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत ५० लाख विनियोजन गरेसँगै सिर्जनाचोकमा आकाशे पुल निर्माणकार्य शुरु गरिएको थियो । २ करोड १० लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर अनिल आचार्यले जानकारी दिए ।

बढ्दो जनसंख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै यात्रु आवतजावत गर्ने पुल निर्माण गरिएको महानगरले जनाएको छ ।चौबाटोमा बनेको पुलबाट चारै तर्फबाट ओहोर दोहोर गर्न सकिन्छ ।

महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । कोरोना भाइरस संक्रमणका कारण निर्माणकार्य ढिला भई एक वर्षपछि सम्पन्न भएको हो ।

प्रदेश राजधानी राजधानी पोखराका पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्बैंकचोक, अमरसिहंचोक, सभागृहचोक, चिप्लेढुङगा, नयाँ बजार न्युरोड लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि आकाशे पुल निर्माणको टड्कारो आवश्यकता देखिएको छ ।

  • १ फाल्गुन २०७८, आईतवार १९:०४ प्रकाशित