२४ घण्टामा १० को मृत्यु , देशभर ५२१ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।

  • १ फाल्गुन २०७८, आईतवार १६:५४ प्रकाशित