सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।बैठक भोलि सोमबार दिउँसो २ बजेका लागि बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।

जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक आगामी फागुन ४ गते बस्ने छ।

  • १ फाल्गुन २०७८, आईतवार १४:५६ प्रकाशित