राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा त्यागेका कमल थापाले राप्रपा नेपाल ब्युताउने भएका छन् । थापा सोही पार्टीका अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।

राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेका थिए । निकटस्थहरुसँग छलफल गरेर उनले पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी नेपाल’ समेत जुराइसकेका थिए । तर, अब उनले पुरानै राप्रपा नेपाल ब्यूँताउने भएका छन् ।

राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा थिए ।

शेर्पाले पार्टीको नेतृत्व त्याग्दै कमल थापालाई अध्यक्षमा चयन गरेको जानकारी गराएका छन् । यससँगै थापा अब राप्रपा नेपालका अध्यक्ष बनेका हुन् ।

  • १ फाल्गुन २०७८, आईतवार १४:३१ प्रकाशित