यस्तो छ जबरामाथि लगाइएका २१ आरोप (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।प्रस्तावमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउनुपर्ने २१ कारण उल्लेख छन् ।

जसमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवारी न्यायपालिकाको जगेर्ना गर्न प्रधानन्यायाधीश असक्षम रहेको आरोप पहिलो बुँदामा उल्लेख छ ।

महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ । त्यस्तै संविधानले दिएका जिम्मेवारीहरुलाई प्रधानन्यायाधीश राणाले आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले दुरुपयोग गरेको आरोप समेत लगाइएको छ ।
२१ बुँदे आरोपको पूर्णपाठ हेर्न यहाँ क्लिक गनुहोस

  • १ फाल्गुन २०७८, आईतवार १४:०५ प्रकाशित