जबरामाथिको महाअभियोगमा ओली दिए यस्तो प्रतिक्रिया !

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगमा प्रतिक्रिया दिएका छन् ।

सत्ता गठबन्धले जबरालाई महाभियोग लगाएर निर्वाचन भाड्ने षडयन्त्र गरेको ओलीले आरोप लगाएका छन् । गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लगेको ओलीको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अनुचित र अनुत्तरदायी भएकाले यसले मुलुकमा हानी पुग्ने दावी गरेका छन् ।

‘मुलुकलाई स्थायित्व र सहि बाटो दिन निर्वाचनतिर लाग्नुपर्नेमा सत्ता गठबन्धन नै निर्वाचन भाँड्न र नयाँ नयाँ विवाद सिर्जना गर्न लागेको छ’ ओलीको भनाइ उदृत गर्दै प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘राज्यका अंगहरूलाई कमजोर पार्ने षडयन्त्रबाहेक केही होइन ।’

  • १ फाल्गुन २०७८, आईतवार १३:५० प्रकाशित