जबरा स्वत निलम्बनमाः दीपक कार्की बने कामु प्रधानन्यायाधीश

केन्द्रभाग मिडिया

काठमाडौं ।

महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेका छन् । जबराको निलम्बनपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्न पाउनेछन्।सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम रहनेछन् ।

संविधानको धारा १०१ ९६० अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।

  • १ फाल्गुन २०७८, आईतवार १३:११ प्रकाशित