प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ताः यी हुन् हस्ताक्षर गर्ने सांसद(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।

आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए ।

महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए ।

महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेकोसहित २१ वटा आरोप लगाइएको छ ।

हस्ताक्षर गर्ने सांसद 

 कांग्रेसबाट

कांग्रेसका जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेक प्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम महतो, गगनकुमार थापा, भीमसेनदास प्रधान, देवप्रसाद तिमल्सिना, पार्वती डिसी चौधरी, राजेन्द्रकुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाश रसाइली स्नेही, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोरसिंह राठौर, शशांक कोइराला, स्मृतिनारायण चौधरी, सुजाता कोइारला, प्रमोदकुमार यादव, लक्ष्मी परियार, सञ्जयकुमार गौतम र हिरा गुरुङ।

माओवादी
अन्जना विशंखे, अमनलाल मोदी, अमृता थापा, इन्दु कुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगा बहादुर तामाङ, गजेन्द्र बहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, छक्क बहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दुर्गा कुमारी विक र दुर्गाबहादुर रावत, धर्मशीला चापागाईँ, पूर्ण कुमारी सुवेदी, मातृका प्रसाद यादव, यशोदा गुरुङ सुवेदी,  रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शक्ति बहादुर बस्नेत, शिवकुमार मण्डल, श्याम कुमार श्रेष्ठ, सत्या पहाडी, सन्त कुमार थारु, सुदन किराँती, सुरेन्द्र कुमार कार्की, सुरेश कुमार राई, सुरेशचन्द्र दास, हरिबोल प्रसाद गजुरेल, हरिराज अधिकारी, हित बहादुर तामाङ र हेम कुमार शर्मा

नेकपा एकीकृत समाजवादी 
गोपाल बहादुर बम, कृष्णलाल महर्जन, कल्याणी कुमारी, धन बहादुर बुढा, पार्वती कुजारी विशुंखे, सोम प्रसाद पाण्डेय, कलिला खातुन, सरला कुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कायस्थ, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, बिनादेवी बुढाथोकी, समिता हुसेन, मुकुन्द न्यौपाने, निरादेवी जैरू।

  • १ फाल्गुन २०७८, आईतवार १३:०२ प्रकाशित