नेपाली इतिहासलाई नयाँ युगमा ल्याउने युद्ध नै जनयुद्ध होः प्रचण्ड

केन्द्रभाग मिडिया

आज जनयुद्ध दिवस । नेकपा माओवादी केन्द्रले आज २७ औँ जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेता तथा कार्यकर्ता सहभागी छन् ।

नेता तथा कार्यकर्ताले सहिदको फोटोमा माल्यार्पण गरेका छन् । कार्यक्रममा बोल्दै नेताहरुले जनयुद्धको प्रशंसा गर्दै सहिदप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनीहरुले घाइते तथा सहिद परिवारप्रति सम्मान पनि व्यक्त गरे ।

यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध नेपाली इतिहासलाई बदल्ने, नयाँ मोडमा ल्याउने क्रान्ति रहेको बताएका छन् । प्रचण्डले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गर्दै नेपाली समाजलाई झकझकाउने र नेपाली इतिहास नै बदल्ने क्रान्ति भएको बताएका हुन् ।

प्रचण्डले पृथ्वीनारायण शाहले गरेको युद्धपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध नै भएको दाबी गरे ।

  • १ फाल्गुन २०७८, आईतवार १०:२७ प्रकाशित