आजदेखि कास्कीका विद्यालय खुले : यी क्षेत्र अझै बन्द (जिविसको आदेशसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आजदेखि गण्डकी प्रदेशसहित देशभरका विद्यालय सञ्चालनमा आएका छन् ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम रहेको भन्दै बन्द भएका स्कुल, कलेज तथा ट्युसन सेन्टरहरु आजबाट भौतिक उपस्थितीमै पढाई हुनेगरि खुलेको हो ।

माघ २३ गते गृहमन्त्रालय, गण्डकी प्रदेश सरकार र कोभिड १९ संकट व्यवस्थापन समिति सिसिएमसीको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले शैक्षिक संस्थाहरु सञ्चालनका लागि अनुमति दिएको हो ।

स्कुल खुलेपनि स्वास्थ्य मापदण्ड पालनाका लागि भने कडाईसाथ आग्रह गरिएको छ। प्रशासनले मास्क उचित प्रयोग, स्यानिटाइजर, हात धुने व्यवस्था ,विद्यार्थीहरुबीचको भौतिक दुरी अनिवार्यरुपमा कायम गर्न,माथिल्लो र तल्लो कक्षाका विद्यार्थीहरुलाई भिडभाड नहुने गरि फरकफरक समयमा आवागमनको व्यवस्था गर्न,अतिरिक्त क्रियाकलाप नर्गन नगराउन आग्रह गरेको छ।

यस्तै कास्की जिल्लाभित्र रहेका मठमन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका धार्मिक स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरि नित्यपूजा, प्रार्थना, आराधना भिडभाड नहुने गरि गर्न अनुमित दिइएको छ।

विवाह,वर्तबन्ध, न्वारन,पास्नी, धार्मिक पर्व जस्ता कार्यमा ५० जना भन्दा बढी सहभागी नहुन भनिएको छ । यस्तै सपरमार्केट, सपिङ्गमलमा पनि एकपटकमा ५० बढी ग्राहकलाई प्रवेश नदिन भनिएको छ । भने होटल रेष्टुरेन्ट कुनैपनि लाइभ म्युजिक बिना राती १० बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ।

सार्वजनिक सवारीमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र भौतिक दुरी कायम हुने गरि यात्रु चढाउन भनिएको छ।
यी क्षेत्र अझै बन्द
सिनेमा हल, डान्सबार, दोहोरी, क्लब, नाचघर, स्पा, जिमहल, स्वीमीङ पुल,पटके हाटबजार, ब्युटीपार्लर अझै पनि खोल्ने अनुमति दिइएको छैन । आमसभा, जुलुस, धेरै मानिस भेला हुने खालका कार्यक्रमहरुमा बन्देज कायमै छ ।

यस्तो छ जिविसको आदेश (यहाँ क्लिक गर्नुहोस)

  • १ फाल्गुन २०७८, आईतवार ०९:४७ प्रकाशित